यी नायकलाई केरा कै टेन्सन ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

यी नायकलाई केरा कै टेन्सन !



पाँचतारे होटलमा निकै महँगो केराले तात्तिएको सोसल मिडिया अहिलेसम्म सेलाएको छैन । बलिउड अभिनेता राहुल बोसको यो भिडियोमा अहिलेसम्म पनि कमेन्ट र रिट्वीटको सिलसिला जारी छ । केही प्रयोगकर्ता होटलमा प्रश्न सोधिरहेका छन् भने कतिले राहुलमाथि नै प्रश्न उठाइरहेका छन् । आफैलाई ट्रोलरले निसाना बनाएपछि राहुल आफै फसेका छन् ।

माहिधर नायडू नामका प्रयोगकर्ताले लेखे, ‘जेडब्ल्यू म्यारियोट के तपाईं आफ्ना पाहुनासँग गलत जिएसटी चार्ज गरेर यस्तो व्यवहार गर्नुहुन्छ ? मलाई लाग्छ कि यसरी नै आफ्ना ग्राहकलाई धोका दिएर तपाईंले करोडौं कमाउनुभएको छ होला । यो दिउँसै हुने लुटपाट हो ।’

हिमांशु जैनले लेखे, ‘राहुल जी यदि तपाईं पाँचतारे होटलको खर्च उठाउन सक्नुहुन्नँ भने त्यहाँ नबस्नुहोस् ।’ डाक्टर रवि मेहताको नामबाट ट्वीट गरिएको छ, ‘तपाईं एउटा महँगो होटल चेनका सबैभन्दा विलासी कोठामा बसिरहनुभएको छ । तरपनि केराका लागि लिइएको मूल्यमा रोइरहनुभएको छ ? के एक रातको लागि २५ हजार भारु तिर्नु जायज हो ? जबकी यो देशका थुप्रै मानिसहरुको महिनाको तलबभन्दा दोब्बर मूल्य हो । उनीहरुले तपाईंबाट पैसा लिनुहुन्छ किनभने तपाईं पैसा दिनुहुन्छ ।’

बेन्कटेशले लेखे, ‘सर हामीलाई थिएटर्समा पनि पपकर्न खरिद गरिरहेका बेला यस्तै महसुस हुन्छ । ’ स्मरण रहोस्, राहुल अहिले फिल्मको सुटिङका लागि चन्डीगढमा छन् । उनी त्यहाँको जेडब्ल्यू म्यारियोट होटलमा बसेका छन् ।

प्रकाशित : १२ श्रावण २०७६, आईतवार ०७:३५