गाईको थुनमा किसानले लगाइदिए श्रीमतीकाे ‘ब्रा’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गाईको थुनमा किसानले लगाइदिए श्रीमतीकाे ‘ब्रा’



एजेन्सी / कहिलेकाँही यस्तो रोचक कुरा सुन्न पाइन्छ जुन समाचार निकै अनौठो खालका हुन्छन् । बेला बेल सञ्चार माध्यमहरूमा यस्ता समाचारहरू आउने गर्दछन् जसले सबैलाइ अचम्मित बनाउछ ।

स्कटल्याण्डका एक किसानले गाईको थुनमा ब्रा लगाएको समाचारले केही समयअघि निकै चर्चा पाएको थियो । आफ्नो लैनु गाईको बाच्छाले एकापट्टिको मात्रै थुन मात्रै चुस्दा अर्कोतर्फ दूध गानिने समस्याले हैरान भएपछि उक्त किसाने आफ्नो श्रीमतीको एउटा पुरानो ब्रा लगाइदिएपछि उक्त समाचारले विश्वभरी नै तहल्का पिट्यो ।

बाच्छाले अगाडिको थुन मात्रै चुस्ने गर्थ्यो। जसका कारण पछाडिको थुनमा दूध गानिएर सुन्निने र संक्रमण हुने गथ्र्यो। थुप्रै दिनसम्म बाच्छालाई पछाडिको थुन चुसाउन असफल कोसिस गरेका यी किसान अन्ततः नयाँ उपाय खोज्न बाध्य भए।

स्कटिस हाइल्याण्डको स्टर रोसका ग्राहम बर्नेटलाई उनकी पत्नीले यो उपाय सुझाएकी हुन्। त्यसपछि उनले पुरानो ब्रा लिए र गाईलाई लगाइदिए अनि अगाडिको दुई ओटा थुन छोपिदिए।

यस समाचारको बारेमा सामाजिक सञ्जालमा अनेकौं टिप्पणी समेत अाउन थालेका छन् ।

प्रकाशित : ९ श्रावण २०७६, बिहीबार १४:४९