न्यूनतम चुक्ता पूँजी नपु-याउने बीमा कम्पनीहरुसँग स्पष्टीकरण माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

न्यूनतम चुक्ता पूँजी नपु-याउने बीमा कम्पनीहरुसँग स्पष्टीकरण माग



काठमाडौं । तोकिएको न्यूनतम चुक्ता पूँजी नपु-याउने बीमा कम्पनीहरुसँग बीमा समितिले स्पष्टीकरण मागेको छ । गत सोमबार भएको सञ्चालक समितिको निर्णय बमोजिम समितिले मङ्गलबार सम्बद्घ बीमा कम्पनीहरुसँग लिखित स्पष्टीकरण माग गरेको हो ।

अबको सात दिनभित्र सम्बद्घ बीमा कम्पनीहरुले चुक्तापूँजी नपुग्नुको कारण खुलाएर जवाफ पेश गर्नुपर्नेछ । साथै, चुक्तापूँजी बढाउन अब म्याद थप नगर्ने निर्ण पनि भएको बताइएको छ । समितिका अनुसार हालसम्म चार जीवन र पाँच निर्जीवन बीमा कम्पनीले तोकिएको चुक्ता पूँजी पु-याएका छैनन् ।

यसमा जीवन बीमा कम्पनीतर्फ प्राइम लाइफ, सूर्या लाइफ, गुराँस लाइफ र राष्ट्रिय बीमा संस्थान छन् । यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ एनएलजी, युनाइटेड, प्रुडेन्सियल, लुम्बिनी जनरल र राष्ट्रिय बीमा कम्पनी रहेका छन् ।

यदि स्पष्टीकरण चित्तबुझ्दो नभएको अवस्थामा भने कारबाही प्रक्रिया अगाडि बढाइने बताइएको छ । बीमा ऐन, २०४९ अनुसार समितिलाई कम्पनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाउने अधिकार छ ।

ऐनको दफा १२ मा भनिएको छ, ‘बीमा व्यवसाय सञ्चालन गर्दा कम्पनीले अपनाउनुपर्ने प्रक्रिया सम्बन्धमा समितिले समय–समयमा दिएको निर्देशन उल्लंघन गरेमा समितिले सम्बन्धित कम्पनीको कारोबार रोक लगाउन सक्नेछ ।’ सोही व्यवस्था अनुसार नै कारबाही प्रक्रिया अगाडि बढ्न सक्ने समितिको भनाई रहेको े खबर आजको अभियान दैनिकमा छापिएको छ ।

प्रकाशित : ८ श्रावण २०७६, बुधबार ०८:१२