तराईका बाढी प्रभावितहरूलाई आइएमई फाउन्डेसनद्वारा राहात वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

तराईका बाढी प्रभावितहरूलाई आइएमई फाउन्डेसनद्वारा राहात वितरण




काठमाडौं । असारको अन्तिम साताआएको अविरल वर्षाका कारण प्रभावित सिराहाको नाराह गाउँपालिकाका विभिन्न वडामा आइएमई फाउन्डेसनले राहत सामाग्रीहरु वितरण गरेको छ ।
दैनिक उपभोगका लागि आवश्यक पर्ने सामाग्री सहितको एक÷एकप्याकेट बाढी प्रभावितउक्त क्षेत्रकाकूल एक सय घरमा वितरण गरिएको थियो ।

स्थानीयजनप्रतिनिधि र प्रहरी प्रशासनको रोहबरमागरिएको राहात सामाग्री वितरण कार्यक्रममा आइएमई ग्रुपमा कार्यरत स्थानीय प्रतिनिधिहरू एवम् व्यवसायीक साझेदारहरू समेतको उपस्थिति रहेको थियो ।


आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत स्थापित एक मुनाफा रहित परोपकारी संस्थाहो । शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रमा योगदान दिँदै आएको यस फाउन्डेसनले प्राकृतिक विपत्तीबाट प्रभावितहरूको पुर्नस्थापनामा विशेष योगदान पु¥याउँदै आएको छ ।

फाउन्डेसनले विभिन्न कारणले बाबु आमा गुमाएका १५ बालवालिकाहरूलाई काठमाडौंको सानोगौचरस्थित महेन्द्र आवसीय माध्यामिक विद्यालयमा पूर्ण छात्र वृत्तिमा आवासीय पठनपाठनको व्यवस्था मिलाएको छ ।

प्रकाशित : ७ श्रावण २०७६, मंगलवार १४:४२