घरेलु लघुवित्तले थाल्यो मर्जरको तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

घरेलु लघुवित्तले थाल्यो मर्जरको तयारी



काठमाडाै । घरेलु लघुवित्त वित्तीय संस्थाले मर्जर तथा एक्विजिसनमा जाने तयारी थालेको छ । मर्जर तथा एक्विजिसनसम्बन्धी गृहकार्य गर्नका लागि लघुवित्तले दुई सदस्यीय समिति गठन गरेको छ ।

संस्थाको संचालक समितिको आठौँ वैठकले गठन गरेको समितिमा संस्थाका संचालकद्धय निरञ्जन प्रसाद न्यौपाने र पदम कुमारी कार्की रहेका छन् । मर्जर तथा एक्विजिसनका लागि उपयुक्त एक वा एकभन्दा बढी संस्थाहरु बारे अध्ययन लगायतका विषय अघि बढाउन समिति गठन गरिएको लघुवित्तले जानकारी दिएको छ ।

प्रकाशित : २१ असार २०७६, शनिबार १६:४०