संसदीय समितिले दिएको निर्देशन अनधिकृतः प्रधानमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

संसदीय समितिले दिएको निर्देशन अनधिकृतः प्रधानमन्त्री



काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको टिप्पणी गरेका छन् ।

समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले थोरै लगानीमा धेरै प्रतिफल पाउने गरी निर्णय गरेको बताउँदै यसकाे गलत व्याख्या र अनावश्यक हल्ला गरिएको बताएका हुन् ।

साथै, उनले अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशन समेत अनधिकृत भएको दाबी गरे ।

यसैगरी प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्नेले मास्क लगाएर हिँडेको आरोप समेत लगाएका छन् । काठमाडौंमा सडक निर्माण भइरहेको, मुख्य बाटोमा धुलो नउडे पनि भित्री निर्माणाधीन रहेकाले धूलो उडेको हुन सक्ने र त्यो केही दिनमै अन्त्य हुने प्रधानमन्त्री ओलीले दाबी गरे ।

उनले काठमाडौंका सबै बाटा कालोपत्रे हुने र कतैपनि धुलो नउड्ने पनि बताए ।

प्रकाशित : २० असार २०७६, शुक्रबार १५:०३