काठमाडौ । विद्यमान आर्थिक क्षेत्रमा देखिएका समस्या तथा निजी क्षेत्रसँग सम्बन्धित विषयहरुमा नेपाल चेम्बर अफ कमर्शले अर्थमन्त्रालयका सचिवद्धय तथा विभिन्न सरकारी निकायका प्रमुख तथा उपप्रमुखहरुसँग छलफल सम्पन्न गरेको छ । उक्त छलफलमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा आएका कर नीति सम्बन्धि व्यवसायहरुका गुनासाहरुलाई राख्नुभएको थियो ।
नेपालमा डब्ल्ूटिओको सिद्धान्त बाहिर गएर व्यापार निति अपनाउन नहुने उहाँले बताउनुभयो । उहाँले सम्पत्ति शुद्धिकरणका विषयमा सरकारको निति उद्योगी व्यवसायी तर्साउने खालको भएको भन्दै भ्रष्टाचार तथा अनियमितालाई मात्रै समावेश गर्ने खालको निति अपनाउनुपर्ने बताउनुभयो ।
छलफलमा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले ढुवानीमा भ्याट लगाउँनेभन्दा पनि सेवा कर लगाउँदा उत्तम हुँने जानकारी गराउनुभयो । त्यसैगरि उहाँले प्यान नम्बर लिनुपर्ने सम्बन्धमा सबै कामदारलाई सम्भव नभएको जानकारी दिदै चेम्बर अफ कमर्श सकारात्मक रहँदा रहँदै पनि भारतबाट मजदुर आउने तथा सबै नेपालीको पनि नागरिताको समस्या रहेको उल्लेख गर्नुभयो । छलफलमा चेम्बरका अन्य सदस्यहरुले आ÷आफ्नो समस्या उठान गरेका थिए ।
उक्त छलफलमा अर्थमन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरेले राजस्व परामर्श समितिको सुझाब प्रभावकारी नदेखिएकोले यसलाई छुट्टैबोर्ड बनाएर काम गर्ने सरकारले निति अपनाईसकेको जानकारी गराउनुभयो । यसले निजी क्षेत्रको राय समेत आगामी दिनमा समेट्ने उहाँले दाबी गर्नुभयो । त्यसैगरी किताबमा १० प्रतिशत भन्सार कर लगाईएको सम्बनधमा उहाँले यो प्रयोग विदेशमा समेत रहेको र नेपालले न्यूनतम कर मात्रै लगाएको दाबी गर्नुभयो । यो कर लगाउँदा नेपाली मुद्रण उद्योगलाई समेत केही टेवा पुग्ने देखेर यो कर लगाईएको उहाँले बताउनुभयो । विश्वविद्यालयमा पढाई हुने पाठ्य पुस्तकमा भने यो शुल्कमा हेरफेर हुन सक्ने संकेत उहाँले गर्नुभयो । प्यानको सम्बन्धमा उहाँले सबै नेपालीको बैंकखाता खोल्ने अभियान सरकारले संचालन गरेको र स्थानिय निकायमा समेत बैंकको पहुँच पुगेकोले केहि सहजकता हुने तथा मजदुरलाई प्यान नम्बर दिने अभियान सरकार आफैले सँचालन गर्ने समेत बताउनुभयो ।
अर्थसचिव डा. राजन खनालले चीनसँगको नाकामा बैंकिङ मार्फत व्यापार गराउने निति सरकारले अगाडी बढाएको जानकारी गराउनुभयो । उहाँले तरकारी फलफूल भन्सारमा रोकीएको सम्बन्धमा सरकारी निकायहरुबीच कम्युनिकेश ग्याबहुँदा केहि समस्या भएको र भोली अर्थात् १९ असार बिहिबारसम्ममा यो बिषय सल्टाउने पक्षमा छलफल भएको समेत जानकारी गराउनुभयो । उहाँले यसै सन्र्दभमा भन्सारमा रोकिएका नेपाली व्यवसायीका समानहरुमा समेत परिणाम दिनेगरि सरकारले छलफल गरिरहेको र भोलिसम्ममा व्यवसायीले सुखद खबर सुन्न पाउने आश्वासन दिनुभयो ।
Comment