सशस्त्र प्रहरीका चार पूर्व प्रमुखलाई भ्रष्टाचारको मुद्दामा सफाइ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

सशस्त्र प्रहरीका चार पूर्व प्रमुखलाई भ्रष्टाचारको मुद्दामा सफाइ



काठमाडौ । विशेष अदालतले सशस्त्र प्रहरीका चार पूर्व प्रमुखहरूलाई भ्रष्टाचारको मुद्दामा सफाइ दिएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरू विरूद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाएको थियो।

विशेष अदालतले पूर्वप्रमुखहरू बासुदेव ओली, सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र कोषराज वन्तलाई सफाइ दिएको हो।

विपक्षीहरूको तर्फबाट बहस गरेका अधिवक्ता ललित बस्नेतका अनुसार उनीहरूसहित सबै विपक्षीलाई ‘सशस्त्र प्रहरीको सामान ढुवानीमा नक्कली बिल बनाई भ्रष्टाचार गरेको अभियोगमा’ सफाइ दिएको छ।

उनीहरूलाई लगाइएका फरक फरक मुद्दामा अन्य विभिन्न तहका अधिकारीहरूलाई पनि विपक्षी बनाइएको थियो।मातहतका कार्यालयमा सामान ढुवानी गर्दा नक्कली विल बनाएर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।

प्रकाशित : १६ असार २०७६, सोमबार १५:११