अर्घाखाँची पी.पी.सी. सिमेन्ट नेपाली बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्घाखाँची पी.पी.सी. सिमेन्ट नेपाली बजारमा



काठमाडौ । देशकै उत्कृष्ट र गुणस्तरीय ओ.पी.सी सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट प्रा.ली.ले आम उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखी पि.पि.सी. सिमेन्ट आजदेखि औपचारीक रुपमा नेपाली बजारमा ल्याएको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित गरी जेठ २४ गते (शुक्रबार) नेपाल सरकार उद्योग, वाणिज्य तथा नापतौल विभागले कम्पनीलाई एन.एस चिन्ह प्रदान गरेसँगै कम्पनीले आजैदेखि पि.पि.सी. सिमेन्टलाई देशैभरीको बजारमा बिक्रीका लागि ल्याएको हो ।

कम्पनीले बिगतमा ओ.पी.सी सिमेन्टमा हासिल गरेको सफलता र उपभोक्ताको विश्वासलाई थप बढोत्तर गरी राष्ट्रको विकास–निर्माणमा योगदान गर्ने उदेश्यको साथ पि.पि.सी. सिमेन्टको उत्पादन थालेको हो ।

प्रकाशित : २७ जेष्ठ २०७६, सोमबार ०६:५८