पैसाको जोहो गर्दै गर्नुस यी कम्पनीले ल्याउदै छन् आइपीअो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

पैसाको जोहो गर्दै गर्नुस यी कम्पनीले ल्याउदै छन् आइपीअो



काठमाडाै । नेपाल धितोपत्र बोर्डसमक्ष एक दर्जन कम्पनीहरुले   साधारण सेयर निष्काशनको लागि अनुुमति माग गर्दै आवेदन दिएका छन्। १३ वटा कम्पनी साधारण सेयर निष्कासन गर्न पाइपलाइनमा बसेका छन् ।

दुई अर्ब छ करोड ८० लाख ३६ हजार रुपैयाँ बराबरको दुई करोड छ लाख ८० हजार तीन सय ६० कित्ता सेयर पाइपलाइनमा रहेको छ । पाइपलाइनमा रहेका कुल १३ कम्पनीमध्ये, ९ जलविद्युत् कम्पनी, तीन माइक्रोफाइनान्स र एउटा मर्चेन्ट बैंकर रहेका छन् ।

पाइपलाइनमा रहेका कम्पनीहरु 

ग्रिनलाइफ हाइड्रोपावर कम्पनी : ३४ लाख ९६ हजार चार सय कित्ता

लिबर्टी इनर्जी कम्पनी : ३७ लाख ५० हजार लाख कित्ता

लाफिङ बुद्ध पावर नेपाल : नौ लाख ७८ हजार कित्ता

सीईडीबी हाइड्रो फन्ड : २२ लाख ८९ हजार तीन सय कित्ता

सीबीआईएल क्यापिटल : तीन लाख कित्ता

शुभम पावर : पाँच लाख ८० हजार पाँच सय ८० कित्ता

शिव श्री हाइड्रोपार : ३३ लाख ५१ हजार एक सय ४० कित्ता

मैलुङ खोला जलविद्युत् कम्पनी : सात लाख ३६ हजार दुई सय ८६ कित्ता

माउन्टेन इनर्जी नेपाल : ३९ लाख ३६ हजार ५४ कित्ता

गर्जाङ उपत्यका हाइड्रोपावर : दुई लाख कित्ता

घोडिघोडा लघुवित्त वित्तीय संस्था : एक लाख ३२ हजार छ सय कित्ता

सबैको लघुवित्त वित्तीय संस्था : पाँच लाख ३० हजार कित्ता

आँधिखोला लघुवित्त वित्तीय संस्था : चार लाख कित्ता

प्रकाशित : २६ जेष्ठ २०७६, आईतवार ०८:२७