पुर्नवासका लागि कृषि मन्त्रालय अन्तरगतका ७ हेक्टर जमिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पुर्नवासका लागि कृषि मन्त्रालय अन्तरगतका ७ हेक्टर जमिन



काठमाडौं । कृषि विकास मन्त्रालयले महाभुक्पमा परि घरवार विहिन भएका परिवारलाई पुर्नवासका लागि ७ हेक्टर जमिन उपलब्ध गराएको छ । केही समय अघि सरकारले कृषि विकास मन्त्रालय अन्तरगतका खाली जग्गा पुर्नवासका लागि उपलब्ध गराउन आग्रह गरेसँगै मन्त्रालयले उपलब्ध गराएको हो ।

मन्त्रालयले मध्यमाञ्चलका विभिन्न स्थानमा कृषि विकास मन्त्रालयल अन्तरगत रहेका ७ हेक्टर जमिन अस्थायी पुर्नवासका लागि दिन सकिने बताएको छ । जस अन्तरगत नुवाकोटको ४ हेक्टर, वाराको २ हेक्टर र धादिङको १ हेक्टर जनिम रेहको मन्त्रालय स्रोतले जानकारी दिएको छ । उक्त जमिन केही समय भित्रै सरकारलाई जिम्मा लगाइने मन्त्रालयले जानकारी दिएको छ ।

कृषिले उपलब्ध गराउन लागेको नुवाकोटको त्रिशुलीको जग्गामा हाल फलफुल उत्पादन भइरहेको छ भने नुवाकोटकै पाँचखाल स्थित अर्को जग्गामा भेडा बाख्रा पालनको लागि छुट्याइएको छ । यसैगरी, बाराको जितपुरको जग्गामा उखुको अनुसन्धान गरिहेको मन्त्रालयले जानकारी दिएको छ ।

सो जग्गामा यही बैंशाख १२ गते आएको महाभुकम्पमा परी मध्यमाञ्चलका परिवारलाई तत्कालका लागि अस्थायी रुपमा पुर्नवास गराइने छ । पुर्नवासका लागि सो जग्गा उपलब्ध गराउने विषयमा आइतवार मन्त्रालयमा एक चरणको छलफल समेत भएको मन्त्रालयका एक उच्च अधिकारीले बताए । ‘हामीलाई सरकारले मध्यमाञ्चल भित्र ५ सय घरपरिवारलाई अस्थायी रुपमा वसोवास गर्नका लागि तत्काल जग्गा खोज्न आग्रह गरेको थियो, ’ ति अधिकारीले भने, ‘सोही आग्रह अनुसार उक्त जग्गाहरु उपलब्ध गराउन लागेका हौं ।’

प्रकाशित : ११ जेष्ठ २०७२, सोमबार ०१:१५