सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले हात जोड्दै भने – धरासायी हुनबाट जोगाइदिनु परो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले हात जोड्दै भने – धरासायी हुनबाट जोगाइदिनु परो



काठमाडाै । सिभिल ग्रुपका अध्यक्ष ईच्छाराज तामाङले सिभिल बचत तथा ऋण सहकारीको वित्तीय अवस्था कमजोर हुँदै गएको भन्दै सक्दो सहयोग गर्न माग गरेका छन् । काठमाडाैकाे विजुली बजारमा केही सहकारी नेताहरुलाई साथमा राखेर उनले  भने ‘बचत रकम फिर्ता लिने क्रममा बढेको  छ  सोही कारण संस्थामा तरलता समस्या देखिएको बताए। इच्छुक सहकारी संस्थाहरुले हामीलाई आर्थिक रुपमा, बचत गरेर, लगानी गरेर सहयोग गरिदिनुहोस ।’

जिल्ला सहकारी संघ काठमाडाैले अायोजना गरेको कार्यक्रममा बोल्दै उनले पटक पटक हात जोड्दै आफुहरुलाई धरासायी हुन बाट जोगाउन अाग्रह गरेका थिए ।  ‘हाम्रो सहकारीको वासलात हेरेर तपाईहरुले एक दुई करोड सम्म सहयोग गरिदिन पर्यो । हामीले सांकेतिक सहयोग पनि मागेका हौं। अहिले हामीलाई समस्या परेको छ। सहयोग गर्नुहोस। कुनै दिन तपाईहरुलाई समस्या पर्दा हामीले पनि गर्न सक्ने काम गछौं,’ तामाङले भने। कार्यक्रममा सहभागिहरुले समग्र सहकारी आन्दोलनमा नै असर पुर्याउने भन्दै आफुहरु आवस्यक सहयोगका लागि तयार रहेका धारणा राखेका छन्।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका सहकारी विभाग प्रमुख नवराज अधिकारीले आगामी ३ वर्षभित्रमा कृतिम सदस्यलाई बन्द गरेर प्राकृतिक व्यक्तिलाई मात्रै सदस्य बनाउन सुझाव दिए । उनले सिभिल सहकारी अहिले बिरामी रहेकाे र उपचार पछि मात्रै कारबाहीका कदम चाल्नु पर्ने बताए ।

उक्त कार्यक्रममा सिभिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, पूर्व अध्यक्ष, सञ्चालक,  राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि तथा सहकारी महासंघ, वस्तुगत संघ तथा जिल्ला संघका प्रतिनिधिहरुले धारणा राखेका थिए ।

प्रकाशित : २१ जेष्ठ २०७६, मंगलवार १८:०५