लाेक सेवा भन्छ- कर्मचारी भर्नाको विज्ञापन कानुन सम्मत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

रोजगारी

लाेक सेवा भन्छ- कर्मचारी भर्नाको विज्ञापन कानुन सम्मत



काठमाडौं। लोकसेवा आयोगले आफूले स्थानीय तहका लागि निकालेको कर्मचारीको भर्ना विज्ञापन कानून सम्मत भएको दाबी गरेको छ। संघीय संसद प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगले निकालेको विज्ञापन कानुन विपरित नभएको दाबी गरेका हुन्।

स्थानीय र प्रदेश सरकारबाट माग भएका कर्मचारी संघीय सरकारमार्फत अनुरोध भएपछि माग भई आएका पदका लागि आयोग विज्ञापन आह्वान गरेको उनले बताए। उनले संविधानमा नै स्थानीय सरकार अलग अलग हो भनिसकेको तथा स्थानीय सरकारले माग गरेको कर्मचारी सिट संख्या लगायत कारणले समस्या भएको बताए।

स्थानीय सरकारले एक वा दुई जना मात्रै कर्मचारी मागेको अवस्थामा समावेशी, समानुपातिक सिद्धान्त अबलम्बन गर्न गाह्रो हुने उनको तर्क थियो। उनले संविधानको धारा २ सय २७ , २ सय २६ र २ सय ८५ विरोधाभासपूर्ण भएको भन्दै आयोगमाथि टिकाटिप्पणी गर्नु भन्दा कानुन संसोधन गर्न सुझाव दिए।

प्रकाशित : २० जेष्ठ २०७६, सोमबार १२:३५