एनबीआइ र ज्योति विकास बैंकबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एनबीआइ र ज्योति विकास बैंकबीच सम्झौता



काठमाडौं । नेशनल बैंकिङ ईन्स्टिच्यूट र ज्योति विकास बैंक बीच एक सम्झौता भएको छ । सोमबार एक कार्यक्रमका बीच ईन्स्टिच्युट र बैंक बीच ई–परिक्षासम्बन्धी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता अनुसार ईन्स्टिच्युटले त्रैमासिक रुपमा ज्योति विकास बैंकका ६ सय कर्मचारीहरुको लागी अनलाईन परिक्षा लिने भएको छ । उक्त सम्झौताले बैंकका कर्मचारीहरुमा अध्ययन गर्ने संस्कृती बसाल्न का साथै उनिहरुबीच बैंकिङ ज्ञान बढाउने कुराको स्वस्थ प्रतिष्पर्धाको विकास हुने अपेक्षा गरिएको छ । उक्त सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट सहायक महाप्रबन्धक, रामहरी आचार्य र नेशनल बैंकिङ ईन्टिच्यूटका तर्फबाट वरिष्ठ शैक्षिक प्रबन्धक, हरेन्द्र जंग थापा ले हस्ताक्षर गरेका थिए ।

प्रकाशित : ७ जेष्ठ २०७६, मंगलवार १२:३३