हिमाल दोलखा हाइड्रोपावरले जेठ १४ गतेदेखि साधारण सेयर जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

हिमाल दोलखा हाइड्रोपावरले जेठ १४ गतेदेखि साधारण सेयर जारी गर्ने



काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमीटेडले यहि जेठ १४ गतेदेखि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले १६ करोड रुपियाँ बराबरको १६ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

 

पहिलो चरणमा आयोजना प्रभावित इलाम जिल्लाका बासिन्दाहरुको लागि सेयर निष्काशन गरिएको उक्त आईपीओमा आयोजनाबाट अति प्रभावित क्षेत्र इलाम नगरपालिकाको वडा नम्बर ९, १० र माई नगरपालिका वडा नम्बर ९ तथा इलाम जिल्लामा बसोबास गर्ने नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् ।

 

स्थानीय र सर्वसाधारण गरि कम्पनीले जारी पूँजीको ४८.७५ प्रतिशत अर्थात ७८ करोड रुपियाँ बराबरको ७८ लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । उक्त आइपिओको निष्कासन तथा बिक्री प्रवन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ । आईपिओमा न्यूनतम १० कित्ताका लागि एक हजार रुपियाँदेखि अधिकतम एक लाख कित्ता अर्थात एक करोड कित्तासम्म माग गर्न सकिनेछ ।

 

कम्पनीले निष्काशन गर्ने आईपीओमा जेठ २८ गतेसम्म आवेदन गर्न सक्नेछन् भने सो समयमा आवश्यक आवेदन नपरेको खण्डमा भने असार १३ गतेसम्म उक्त आईपीओ खुला रहनेछ । आईपीओमा सि आश्वाको साथै इलाममा शाखा रहेका सिद्धार्थ, नेपाल एसबिआई, माछापुच्छ्रे बैंकको शाखा कार्यालयहरु, लक्ष्मी बैंक चोकबजार, एभरेष्ट बैंक फिक्कल, सेञ्चुरी बैंक भानुपथ, ग्लोबल आईएमई फिक्कल र आयोजना स्थल इलाम नगरपालिका वडा नम्बर ९, १० बाट उक्त आईपिओ भर्न सकिनेछ ।

 

कम्पनीले निष्काशन गर्न लागेको उक्त आईपीओलाई केयर नेपाललले आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको भन्ने बुझाउँछ ।

प्रकाशित : ६ जेष्ठ २०७६, सोमबार १३:५२