११ वर्षपछि विदेशीको लागि भिसा शुल्क वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

११ वर्षपछि विदेशीको लागि भिसा शुल्क वृद्धि



काठमाडौं । सरकारले ११ वर्षपछि विदेशीको लागि भिसा शुल्क वृद्धि गरेको छ । सरकारले विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको भिसा दिँदै आएको छ । नयाँ दस्तुरअनुसार भिसा शुल्क ३० अमेरिकी डलर पु¥याइएको छ । यसअघि उनीहरुले २५ डलर तिर्दै आएका थिए । त्यस्तै ३० दिनको बहुप्रवेशी भिसाको शुल्क ४० बाट ५० तथा ९० दिनको भिसा शुल्क सयबाट एक सय २५ अमेरिकी डलर पु¥याइएको छ ।

पर्यटक भिसाको म्याद थप्न विगतमा प्रतिदिन दुई डलर लाग्थ्यो । अब तीन डलर लाग्नेछ । म्याद थप अवधिका लागि बहुप्रवेशी भिसा शुल्क विगतमा २० डलर रहेकोमा २५ डलर पु¥याइएको छ ।, समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

प्रकाशित : ६ जेष्ठ २०७६, सोमबार ०७:२२