गोर्खा इको प्यानलले दुईहप्ताभित्र उत्पादन सुरु गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

गोर्खा इको प्यानलले दुईहप्ताभित्र उत्पादन सुरु गर्ने



काठमाडौं ः गोर्खा इको प्यानलले अवको दुई हप्ताभित्र कारखानाबाट सामान (इको प्यानल) को उत्पादन सुरु हुने जनाएको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथली हनुमानचास्थित कारखानामा सोमबार राति ठूलो आगलागीबाट कारखानामा क्षति पुगेर सामानको उत्पादन बन्द भएको थियो ।

आगलागीपछि नष्ट मेशिनहरुको तीव्र गतिमा मर्मतसुधार गरी दुईहप्ताभित्र सामान उत्पादन सुरु गरिसक्ने गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले जनाए । हामी दु्रत गतिमा कारखानामा मर्मतसुधारका काम गरिरहेका छौं, ढिलोमा दुईहप्ताभित्र सामान उत्पादन सुरु हुन्छ, उनले भने । उनले हाललाई आफूहरुसँंग स्टक सामानहरु रहेको पनि स्पष्ट पारे । आगोबाट नष्ट भएका नेपालमा नभएका सामानहरु चीनबाट मगाइसकेको कम्पनीले जनाएको छ ।

निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने नाराका साथ नेपालमै पहिलो पटक उत्पादित गोर्खा इको प्यानलमा आगलागी हुनुको कारण खुल्न सकेको छैन । प्रहरीले आगलागी के कारणले भएको हो, त्यसको सोधखोज गरिरहेको जनाएको छ । तर पनि आगलागी विद्युत सर्ट भएर नभएको कम्पनीको दावी छ । कम्पनीका इलेक्ट्रिकल इन्जिनियर मेन्सन लाखेमरुले विद्युट सर्ट हुनै नसक्ने दावी गरे ।

रातको समयमा मेशिन नचली विद्युत खपट नहुने बेला तार नपग्लिने भएकोले विद्युत सर्ट नहुने उनको तर्क छ । साथै आगलागी सर्किट बक्सबाट नभई बाहिरबाट सुरु भएको देखिएकोले विद्युत सर्ट नभएको उनको दावी हो । साथसाथै घटनाको प्रकृति हेर्दा कारखानाको कम्पाउण्डभित्र राखिएको काठको प्यालेटबाट आगलागी सुरु भएको देखिएकोले पनि विद्युत सर्ट नभएको उनको तर्क हो । यदि सर्ट सर्किट भएको भए एमसीबी झर्ने प्रणाली भएकाले पनि विद्युत सर्ट नभएको थप तर्क उनको छ ।

गोर्खा इको प्यानल निर्माण सामाग्रीको रुपमा इको प्यानल उत्पादन गर्ने नेपालकै ठूलो कम्पनी हो । कम्पनीले भित्री तथा बारिह पार्टेशन वालको रुपमा इटाको विकल्पमा प्रयोग हुने प्यानल उत्पादन गर्ने गर्दै आएको छ ।

प्रकाशित : २५ बैशाख २०७६, बुधबार १३:०१