भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, जनकपुरधामको आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार साझेदारीमा व्यावसायिक गाई/भैँसी/बाख्रा/कुखुरापालनमा अनुदान दिने भएको छ। उक्त निर्देशनालयबाट इच्छुक युवाहरूलाई समयमा नै निवेदन बुझाइ अनुदान लिनका लागि अनुरोध गर्दै सूचना प्रकाशित गरिएको छ।
कसले निवेदन दिन पाउँछन्?
इच्छुक १८ देखि ५० वर्ष उमेर समूहका युवाहरूले पाउँछन्
केके विषयमा कति अनुदान पाइन्छ?
विषय
निर्देशनालयको स्वीकृत बजेट
युवालक्षित व्यवसायिक कुखुरा प्रवर्धन कार्यक्रम
२ करोड
युवालक्षित व्यवसायिक गाई भैँसी प्रवर्धन कार्यक्रम
२ करोड
युवालक्षित व्यवसायिक बाख्रा प्रवर्धन कार्यक्रम
२ करोड
कुनकुन जिल्लाबाट कति जनाले पाउँछन्?
सिरहा (सिरहा र सप्तरी)
१८ जना
धनुषा
८ जना
महोत्तरी
९ जना
सर्लाही
८ जना
रौतहट
९ जना
पर्सा (पर्सा र बारा)
१८ जना
केके कागजात चाहिन्छ?
रु. १०को टिकट टाँसीएको निवेदन फारम
नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी
व्यवसायिक फर्म दर्ता गरेको प्रमाणपत्रको फोटोकपी
स्थायी लेखा नं. (पान नं.) को फोटोकपी
वैदेशिक रोजगारीबाट फर्केको हो भने भिसा पासपोर्टको फोटोकपी
अन्य प्रमाणित प्रमाणपत्रहरू- तालिम, शैक्षिक योग्यता, अनुभव, जग्गा भाडा सम्झौता पत्र आदिको फोटोकपीहरू
निवेदन कहाँ बुझाउने?
सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र पर्सा भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र विज्ञ केन्द्रहरू
निवेदन बुझाउने अन्तिम मिति कहिले हो?
निवेदन यही मिति २०७६ साल बैशाख २५ गते भित्र बुझाइसक्नु पर्छ।
कहाँ सम्पर्क गर्ने?
फोन: ९८४१७५३६२७/ ९८४४०५८०५५





Comment