स्मरण साकोसको रक्तदान कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

स्मरण साकोसको रक्तदान कार्यक्रम



काठमाडौ । स्मरण बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रगत अभावमा कोहि कसैले ज्यान गुमाउनु नपरोस भन्ने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको संस्थाका प्रबन्धक निर्मल प्रसाद हुमागाईले जानकारी दिए ।

सस्थाले बुधबार डिल्लीबजार स्थित विजय स्मारको प्रंगणमा आयोजना गरेको कार्यक्रम ६८ जनाले रक्तदान गरेका थिए । संस्थाको आयोजना तथा ब्लड डोनर्स एसोसिएसन नेपाल र काठमाण्डौ जिल्ला बचत तथा ऋण सहकारी संघ(कास्कुनको) संयोजनमा रक्तदान कार्यक्रम भएको हो ।

यस्तै आगामी दिनमा संस्थाले आफ्ना समाजिक कार्यहरुलाई अझै बृहत बनाउदै लैजाने र आफ्ना सदस्यलाई सहकारी सम्बन्धी शिक्षा समेत सञ्चालनमा ल्याउने योजना रहेको हुमागाईले जानकारी दिए ।

 

प्रकाशित : ११ बैशाख २०७६, बुधबार १७:०५