गणपति माइक्रोफाइनान्सको आइपिओ आज देखि, न्यूनतम १० देखि एक हजार ५०० कित्तासम्म शेयर माग गर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

गणपति माइक्रोफाइनान्सको आइपिओ आज देखि, न्यूनतम १० देखि एक हजार ५०० कित्तासम्म शेयर माग गर्न सकिने



काठमाडाै । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले बैशाख ९ गते (आज)देखि सर्वसाधारणमा साधारण शेयर (आइपिओ) जारी गरेको छ। कम्पनीले ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता आईपिओ निष्काशन गरेको हो।

यो माइक्रोफाइनान्सले प्रति साधारण शेयर एक सय रुपैयाँका दरले ३ लाख ३५ हजार कित्ता शेयर मध्ये कर्मचारीलाई ५ हजार १७५ कित्ता र सामूहिक लगानी कोषका लागि १६ हजार ७५० कित्ता शेयर छुट्याएको छ ।

बाँकी ३ लाख १३ हजार ७५ कित्ता शेयरको आईपीओ निष्कासन गरेको छ । यसको आईपीओका लागि यही बैशाख ९ गतेदेखि १२ गतेसम्म आवेदन खुला रहेको छ ।

लघुवित्तले निष्काशन गर्ने आईपिओमा मेरो शेयर तथा सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै बैशाख १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। आईपिओमा न्यूनतम १० देखि एक हजार ५०० कित्तासम्म शेयर माग गर्न सकिन्छ। यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड हो ।

माइक्रोफाइनान्सको आईपिओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर नेपाललले ‘केयर एनपि आईपिओ ग्रेड ४’ प्रदान गरेको छ । यसले लघुवित्तको स्तर औसतभन्दा तल आधार रहेको बुझाउँछ। ग्रेड १ ले सबैभन्दा बलियो जनाउँछ भने सोभन्दा मुनिको अंकले क्रमश कम आधार बुझाउँछ ।

हाल ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको आइपिओ निष्काशन पश्चात १० करोड २५ लाख रुपैयाँ पुग्नेछ।

प्रकाशित : ९ बैशाख २०७६, सोमबार ०८:१३