मलेसियाको रोजगारी औपचारिक रुपमा खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

रोजगारी

मलेसियाको रोजगारी औपचारिक रुपमा खुल्ला



काठमाडौं । १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी औपचारिक रुपमा खुल्ला गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ प्रक्रियाका लागि स्वास्थ्य संस्था छनोट गरिरहेका बेला पहिलो चरणमा कलिङ भिसा आएका १९ युवालाई पहिलो चरणमा मलेसिया प्रवेशका लागि अन्तिम श्रम स्वीकृत दिएको छ ।

वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयल ताहचलले सोमबार २ र मंगलबार १७ सहित १९ जनालाई मलेसिया जान अनुमति प्रदान गरेको हो । विभागका प्रमुख देवेन्द्र कार्कीले कलिङ भिसा आएका युवाले प्रक्रिया पु¥याएर दिएको निवेदनमा आधारमा सोमबारदेखि नै संकेतिक सन्देश दिने गरी सोमबारबाट मलेसियाको अनुमति प्रदान गरिएको जानकारी दिनुभयो । समाचार कारोबार दैनिकले प्रकाशित गरेको छ ।

प्रकाशित : २७ चैत्र २०७५, बुधबार ०८:२८