लोकसेवा आयोगको तयारीमा हुनुन्छ ? २० हजारका लागि आवेदन खुल्दैछ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

रोजगारी

लोकसेवा आयोगको तयारीमा हुनुन्छ ? २० हजारका लागि आवेदन खुल्दैछ



काठमाडौँ / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको काम सकिएको घोषणा गरेको छ । बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री लालबाबु पण्डितले समायोजनको काम सम्पन्न भएको घोषणा गरेका हुन् ।
योसँगै उनले नयाँ कर्मचारी भर्नाको प्रक्रिया शुरू गर्न लोकसेवा आयोगलाई आग्रह गरेका छन् । मन्त्री पण्डितले रिक्त रहेका कर्मचारीको पदपूर्तिका लागि लोक सेवा आयोगमार्फत छिट्टै भर्ना खोल्ने बताए । पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “१५ देखि २० हजार नयाँ कर्मचारी भर्नाका लागि लोक सेवा आयोगलाई आग्रह गर्दैछौं, छिट्टै आवेदन खुल्छ।”

कर्मचारी समायोजन नसकिएकाले सरकारले यस वर्ष थोरै संख्यामा मात्रै कर्मचारी मागेको थियो । तर पनि लोकसेवाको तयारी थाल्नेको संख्या भने उल्लेख्य थियो । लोक सेवा आयोगले अब कर्मचारी पदपूर्तिका लागि विभिन्न तहमा करीब २० हजारको संख्यामा आवेदन खुलाउनेछ ।

प्रकाशित : १४ चैत्र २०७५, बिहीबार १४:३४