नेपाल र बंगलादेशबीच दोहोरो करमुक्ति सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपाल र बंगलादेशबीच दोहोरो करमुक्ति सम्झौता



काठमाडाै । नेपाल र बंगलादेशबीच दोहोरो करमुक्ति सम्झौताले पुर्णता पाएको छ । मंगलबार काठमाडौंमा नेपालका तर्फबाट राजश्व सचिव लाल शंकर घिमिरे र बङलादेशका तर्फबाट अर्थ मन्त्रालयका सिनियर सचिव मोसहरफ हुसैन भुईयानले सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै उक्त सम्झौताले पुर्णता पाएको हो ।उक्त सम्झौता सम्झौता कार्यक्रममा अर्थमन्त्री डा. यूवराज खतिवडा र नेपालका लागि नेपालस्थित बंगलादेशकी राजदुतको समेत उपस्थिति रहेको थियो ।

दोहोरो कर मुक्ति सम्झौता भएपछि एक देशमा कर तिरिसकेपछि अर्को देशमा सो कर कट्टी गर्ने सुविधा करदातालाई सरकारले प्रदान गर्दछ । सम्झौताले दोहोरो कर तिर्नुपर्ने बाध्यालाई अन्त्य गर्दछ । सम्झौताले दुबै देशलाई फाइदा पुग्ने भएपनि झण्डै २ दशकदेखि यसले पूर्णता पाउन सकेको थिएन ।

सम्झौता पछि बंगलादेशी लगानीकर्तालाई नेपाल लगानी गर्न आकर्षित गर्न सकिन्छ । नेपालबाट विदेशमा लगानी गर्न पाउने कानुनी प्रावधान नभएका कारण बंगलादेशमा काम गर्ने नेपाली कामदारले समेत बंगलादेशमा कर नतिरी नेपालमा मात्रै कर तिरे पुग्नेछ । दोहोरो कर नलाग्ने भएकापछि दुबै देशका उद्योग व्यवसाय फस्टाउन सहयोग पुग्ने र दुबै देशका लगानी कर्ता तथा सरकारबीचको आर्थिक सम्बन्धमा कोशेढुंगा सावित हुने जानकारहरुको बताउदै आएका छन् ।

दुई देशबीच दोहोरो कर मुक्ति सम्झौताको मस्यौदामाथि चार चरणमा छलफल भई २०७१ मै मस्यौदालाई अन्तिम रुप दिइसकिएको छ । २०५४ सालमा यसको विषयको महत्व बुझेर नेपालले सम्झौता गर्न पहिलो पटक बंगलादेशलाई प्रस्ताव गरेको थियो । उतिबेला दुई देशबीच पहिलो चरणको वार्ता काठमाडौंमा र त्यसको तीन वर्षपछि दोस्रो छलफल बंगलादेशको ढाकामा सम्पन्न भएपनि सम्झौता हुन सकेको थिएन ।

२०६८ मा ढाकामा भएको तेस्रो चरणको छलफल भएपनि यसले मुर्त रुप पाउने सकेको थिएन । नेपाल र बंगलादेशका कर प्रशासक अधिकारीहरूले २०७१ साल माघमा दोहोरो कर मुक्ति सम्झौताको मस्यौदालाई अन्तिम रुप दिइसकेका छन् । दोहोरो कर मुक्तिको सम्झौता अर्गनाइजेसन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्ट ९ओइसीडी० मुलुकहरुको मोडलमा आधारित रहेर तयार गरिएको हो ।

यो सम्झौताबाट नेपाल र बंगलादेशबीच रहेको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत गर्ने विश्वास सरकारले गरेको छ । यसबाट नेपालमा लगानी गरिरहेका बंगलादेशी लाभान्वित हुन्छन् । हाल नेपालमा बंगलादेशको जलविद्युत लगायतका विभिन्न क्षेत्रमा लगानी रहेको छ । नेपालले सन् १९९६ मे १३ मा पहिलो पटक नर्वेसँग करमुक्ति सम्झौता गरेको थियो । आज बंगलादेशसंग सम्झौतामा हस्ताक्षर भएपछि नेपालले दोहोरो कर मुक्ति सम्झौता गरेको देश ११ वटा पुगेको छ ।

साथै बंगला देशको अर्थ मन्त्रालयका सिनियर सचिव मोसहरफ हुसैन र नेपालस्थित बंगला देशकी राजदुत मसेफ बिन्टे सामले अर्थमन्त्री डा. युवराज खतिवडा सँग भेटवार्ता पनि गरेका छन् ।

प्रकाशित : २२ फाल्गुन २०७५, बुधबार १०:२०