स्थानीय तहमा रोजगारःमाग संख्याभन्दा कम उत्तीर्ण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

रोजगारी

स्थानीय तहमा रोजगारःमाग संख्याभन्दा कम उत्तीर्ण



काठमाडाै । माग संख्याभन्दा कम उत्तीर्ण भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तत्काल सबै स्थानीय तहमा रोजगार संयोजक पठाउन नसक्ने भएको छ । सोमबार प्रकाशित नतिजा अनुसार मन्त्रालयले ५ सय २१ स्थानीय तहमा मात्रै रोजगार संयोजक पठाउने भएको हो ।

मन्त्रालय ७ सय ५३ वटै स्थानीय तहका लागि रोजगार संयोजकको माग गरेको थियो। जसमध्ये ५ सय २१ जना मात्रै उत्तीर्ण भए। प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्नका लागि श्रमले रोजगार संयोजकको परीक्षा लिएको थियो। पहिलोपटक विद्युतीय भर्ना प्रणाली अपनाए पदपूर्तिको लागि परीक्षा लिइएको थियो।‘हामीलाई चाहिएको ७ सय ५३ जनामा ५ सय २१ जना मात्रै उर्तिण भए। प्रदेश ५ मा मात्रै सबै स्थानीय तहका लागि पुग्ने जनशक्ति उर्तिण भएको छ,’ प्रधानमन्त्री रोजगार कार्यत्रमका प्रमुख प्रकाश दाहालले भने।

उनले जनशक्ति भर्ना प्रक्रिया निष्पक्ष र पारदर्शी ढंगले गरिएको बताए। प्रदेश १ मा शाखा अधिकृत १ सय ३० र नासु सरह ८ जना चाहिनेमा क्रमशः ६७ र ५ जना मात्रै उर्तिण भए। प्रदेश २ मा १३६ शाखा अधिकृत चाहिनेमा ९८ जना, प्रदेश ३ मा शाखा अधिकृत ११२ र नासु सरह ७ जना चाहिनेमा क्रमशः ९५ र ७ जना,गण्डकी प्रदेशमा शाखा अधिकृत ७४ र नासु सरह ११ चाहिनेमा क्रमशः ६४ र ११ जना उर्तिण भए।

प्रदेश ५ मा चाहिएको १ सय ९ जना नै उत्तिर्ण भए। कर्णाली प्रदेशमा शाखा अधिकृत ६२ जना र नासु सरह १७ जना चाहिनेमा क्रमशः २० र ९, सुदुरपश्चिममा शाखा अधिकृत ६२ र ६ जना चाहिनेमा ३३ र ६ जना मात्र उत्तिर्ण भए।

मन्त्रालयले एक वर्ष करार भर्ना गर्न गत माघ ४ गते विज्ञापन गरेको थियो। जसमा २३ हजार ९ सय ६८ जनाले आवेदन दिएका थिए। आवेदन दिएको मध्ये २२ सय ६५ जनाले अनलाइलन प्रणालीमा आधारित कम्प्युटर सीप परीक्षण गरी अन्तिम नतिजा प्रकाशित गरिएको दाहालले जानकारी दिए। कान्तिपुर दैनिकमा प्रकाशित समाचार।​

प्रकाशित : १४ फाल्गुन २०७५, मंगलवार ०९:००