दुई अर्ब २३ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

दुई अर्ब २३ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक



काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब २३ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।

विभिन्न वित्तीय उपकरण प्रयोग गर्दै आएको केन्द्रीय बैंकले पटक पटक ट्रेजरी बिल र रिपोसमेत बोलकबोलमा बिक्री गर्दै आएको छ । बैंकका अनुसार कूल ९१ दिने अवधिको उक्त बिल मङ्गलबार बाँडफाँट गरिनेछ । बैंकले यसअघि यही फागुन ६ गते दुई अर्बको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रकाशित : १३ फाल्गुन २०७५, सोमबार ०७:५४