तोडियो मेलम्चीको ठेक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोडियो मेलम्चीको ठेक्का



काठमाडौँ । सरकारले मेलम्ची आयोजनाको ठेक्का तोडेको छ । सुरुङमार्ग र हेडवक्र्स निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग सरकारले ठेक्का तोडेको हो ।

काममा फर्कन दिइएको १४ दिनको समयसीमा सकिएपछि मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले सीएमसीसितको ठेक्का तोडी उसले राखेको बैंक धरौटी जफत गर्ने निर्णय गरेको हो ।

सीएमसीले ठेक्का सम्झौता गर्दा झन्डै साढे दुई अर्ब रुपैयाँ धरौटी राखेको छ । समितिले शुक्रबार नै बैंकलाई पत्र पठाई उक्त रकम जफत गर्ने बताइएको छ ।

प्रकाशित : २५ माघ २०७५, शुक्रबार ०८:५६