इटाभटा व्यवस्थित गर्न चाँंगुनारायण नगरपालिका चिन्तित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

इटाभटा व्यवस्थित गर्न चाँंगुनारायण नगरपालिका चिन्तित



काठमाडौं । इटाभटा व्यवस्थित रुपमा सञ्चालन गर्न भक्तपुरको चाँंगुनारायण नगरपालिकाले चिन्ता व्यक्त गरेको छ । चाँंगुनारायण नगरपालिका भक्तपुरले आयोजना गरेको छलफल कार्यक्रममा इटाभटालाई धुवाधुलोरहित रुपमा सञ्चालन गर्न व्यवसायीसँंग अनुरोध गरेको छ ।
भक्तपुर ईट्टा उद्योग व्यवसायी संघ र चाँगुनारायण नगरपालिकाबीच भएको सौहार्दपूर्ण अन्तरक्रिया कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले इटाभटालाई धुवाधुलो न्युनीकरण गरी व्यवस्थित रुपमा सञ्चालन गर्न अनुरोध गरे । पुननिर्माणको लागि नभई नहुने इटा उत्पादन गर्ने स्वदेशी उद्योगको प्रबद्धर्नमा उनले विशेष चिन्ता व्यक्त गरे । वर्षेनी विदेशबाट निर्माण सामाग्री आयात गर्नुपर्ने बाध्यता रहेको तर नेपाली सामान विदेश निर्यात हुन नसकी व्यापार घाटा वढ्दै गएको बेला इटामा नेपाल आत्मनिर्भर रहेकोमा उनले खुशी साटे ।

प्रमुख मिश्रले ईट्टा उद्योगीव्यवसायीलाई वातावरणमैत्री ईट्टा उद्योग संचालनगर्न अनुरोधका साथ अन्य वैकल्पिक व्यवसाय गर्न सुझाए । ईट्टा उद्योगीव्यवसायीहरुसंग ईट्टा व्यवसाय संचालन गर्दाका कार्यविधि, मापदण्ड र प्रदुषण नियन्त्रणको व्यवस्था विषयक अन्तत्र्रिmया कार्यक्रममा प्रमुख मिश्रले नगर क्षेत्रभित्र ईट्टा उद्योग संचालन गर्दा नगरपालिका र व्यवसायबीच भएको सम्झौता अनुसार कार्य गर्न सल्लाह दिए ।

सो अवसरमा इसिइसिपिका इन्ष्ट्रक्टर अर्जुन भट्टले चाइनिज प्रविधिमार्पmत प्रदुषणमुक्त अत्याधुनिक ईट्टा उद्योग संचालन गर्न सकिने भएकोले सो प्रविधिबारे जानकारी गराए । साथै हालको विकसित प्रविधि जिक ज्याक  प्रविधि दक्षिण एसियामा उपयुक्त भएको पनि जानकारी गराइयो । साथै भक्तपुर जिल्लाभित्र संचालित उद्योगहरुमा वातावरण सुधार गर्नको लागि  वातावरण सुधार सम्बन्धि सहकार्य भैरहेको जानकारी गराइयो ।

 

भक्तपुर इटा व्यवसायी संघका पूर्व अध्यक्ष एवं सल्लाहकार विश्वराम कवाँले इटाभटा व्यवसालाई व्यवस्थित रुपमा सञ्चालन गर्न गरेको नगरपालिकाको चासोप्रति कृतज्ञता व्यक्त गरे । उनले व्यवसायीहरु नगरपालिकाको सल्लाहसुझाब अनुसार इटाभटालाई समायानुकुल व्यवस्थित रुपमा सञ्चालन गर्न तत्पर रहेको बताए ।

नगरपालिकासंग सम्झौता भएअनुसार माटो कटान गर्दा जग्गावालाको मंजुरीनामा मात्रै माटो निकालेको व्यवसायीहरुले बताए । ईट्टा उद्योग संचालन गर्दा भक्तपुरमा जनसंख्याको चाप बढ्ने भएकोले स्वास्थ्य सम्बन्धि सचेत हुनुपर्ने कार्यक्रममा बताइयो । विभिन्न वडाका निर्वाचित जनप्रतिधिहरुले पनि सामाजिक उत्तरदायीत्वमा कमीकमजोरी भएकोलाई पनि सुधार गर्न सुझावहरु दिएको थियो ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुवाट सामाजिक उत्तरदायीत्व बमोजिम नगरपालिकाभित्र सामाजिक कार्यमा सहयोग गर्न सुझाव दिए । चाँंगुनारायण नगरपालिका वडा नं. ३ का वडा अध्यक्षश्याम सुन्दर धिमालबाट माटो कटान, माटो ढुवानी, काँचो ईट्टा ढुवानीमा नगरपालिकासंग ६ बुंदे सम्झौता भए बमोजिम कार्यन्वयन नभएको गुनासो गरे । सो अनुसार कार्य गर्न र गराउनु हुन उनले सल्लाह दिए ।

प्रकाशित : २४ माघ २०७५, बिहीबार १८:५१