‘स्मार्ट लाइसेन्स वितरण बन्द’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

‘स्मार्ट लाइसेन्स वितरण बन्द’



काठमाडौं । सरकारले वैकल्पिक व्यवस्था नगरे ६० दिनपछि विद्युतीय सवारीचालक अनुमतिपत्र ‘स्मार्ट लाइसेन्स’ को स्टक समाप्त हुने भएको छ । अहिले विभाग र मातहतका कार्यालयमा प्रिन्ट गरेर वितरण गर्न बाँकी स्मार्ट लाइसेन्सको संख्या करिब ३ लाख रहेको छ । विभागसँग रहेको ७ वटा प्रिन्टले दैनिक ६ हजार ५ सय लाइसेन्स प्रिन्ट गर्न सक्छ ।

सो अनुसार बाँकी लाइसेन्स प्रिन्ट गरेर वितरण गर्दा ४६ दिनमा सकिन्छ । समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ । अहिले सवारी ट्रायल पास गरी स्मार्ट लाइसेन्सको पर्खाइमा बस्नेको संख्या ४ लाख पुगिसकेको छ ।

प्रकाशित : २४ माघ २०७५, बिहीबार ०८:३७