कृषि विकास बैंकको खुद मुनाफा १ अर्ब ३६ करोड ४२ लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कृषि विकास बैंकको खुद मुनाफा १ अर्ब ३६ करोड ४२ लाख



काठमाडौं । कृषि विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा १ अर्ब ३६ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ३२ दशमलव ५६ प्रतिशतले वृद्धि गरेको छ । गतवर्षको सो अवधिमा बैंकले नाफा १ अर्ब २ करोड ९१ लाख रुपैयाँ कमाएको थियो ।

नेपाल फाइनान्सियल रिपोर्टिङ्ग स्टयाण्डर्ड (एनएफआरएस) अनुसार कृषि विकास बकैको वितरण योग्य लाभांश १ अर्ब ९ करोड ३७ लाख रुपैयाँ रहेको छ । जसले रेगुलेटरी एड्जसमेन्ट वापतको २७ करोड ५ लाख रुपैयाँ व्यवस्था गरेको छ ।

१३ अर्ब ९३ करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा १४ अर्ब २२ करोड १८ लाख रुपैयाँ छुटाएको छ । बैंक्ले निक्षेपमा १ खर्ब १० अर्ब १३ करोड २७ लाख रुपैयाँ संकलन गरी कर्जामा १ खर्ब ७ अर्ब ३१ करोड २५ लाख रुपैयाँ लगानी गरेको छ । गत वर्षको तुलनाभन्दा १६ दशमलव ३०प्रतिशतले वृद्धि गरेको हो ।

बैंकको खुद ब्याज आम्दानी ३४ दशमलव ७० प्रतिशतले बढेर ३ अर्ब ५७ करोड १२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४१ दशमलव ६६ प्रतिशतले बढेर १ अर्ब ७८ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निष्कृय कर्जा ४ दशमलव ५० प्रतिशत, जोखिम युक्त सम्पत्ति १८ दशमलव ९७ प्रतिशत, प्रति शेयर आम्दानी २८ रुपैयाँ २५ पैसा र बेस्ट रेट ११ दशमलव १५ प्रतिशत रहेको छ ।

प्रकाशित : २३ माघ २०७५, बुधबार १०:४७