नेपाल एग्रो लघुवित्तले १ लाख ६१ हजार ७७८ कित्ता आइपीओ बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल एग्रो लघुवित्तले १ लाख ६१ हजार ७७८ कित्ता आइपीओ बिक्री गर्ने



काठमाडौं / नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आइपीओ बिक्री गर्ने भएको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरको १ लाख ६१ हजार ७७८ कित्ता आइपीओे बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस आइपीओमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्ध तोकिएको छ ।

नेपाल एग्रोको केन्द्रीय कार्यालय पोखरामा रहेको छ । राष्ट्र बैंकले यस लघुवित्तलाई २०७३ असोज ४ गते सञ्चालन अनुमति दिएको थियो । हाल यसको चुक्ता पुँजी ३ करोड ३६ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : २२ माघ २०७५, मंगलवार १६:५०