काठमाडाै । लक्ष्मी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६७ करोड २१ लाख १३ हजार रुपैयाँ खुँद नाफा कमाएको छ । यो बैंकले कमाएको यस्तो नाफा गत वर्षको सोही अवधिको तुलनामा २०.४३ प्रतिशतले बढि हो ।
यो बैंकले गत वर्ष ५१ करोड ९२ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो । यो नाफा चालू आवको दोस्रो त्रैमासमा १५ करोड २८ लाख ४३ हजार रुपैयाँले बढाउन सफल भएको यो बैंकले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ ।
बैंकले यस अवधिसम्ममा व्याज आम्दानीबाट ४ अर्ब २० करोड कमाएको छ । यसले व्याज भुक्तानीमा गरेको खर्च भने २ अर्ब ७५ करोड रुपैयाँ ऋणात्मक रहेको छ । यस अवधिसम्मको बैंकको खुँद व्याज आम्दानी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।
८ अर्ब २२ करोड रुपैयाँ चुक्तापुँजी रहेको यो बैंकले गत पुस मसान्तसम्मा गरेको निक्षेप संकलन ७५ अर्ब ८९ कराृड रुपैयाँ छ भने यसको ऋण लगानी७० अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।
गत वर्ष यो बैंकले ६० अर्ब ७्र२७ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५४ अर्ब ८१ करोड रुपैयाँ ऋण लगानी गरेको थियो । यो बैंकको हालसम्मको सापटी रकम ३ अर्ब ७१ करोड रुपैयाँ छ । यसको जगेडा कोषमा भने ४ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।
यो बैंकको पुँजी कोष ११.६६ प्रतिशत, आधार दर १०.३६ प्रतिशत, प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६१पैसा छ । बैंकको खराव कर्जा अनुपात १.११ प्रतिशत छ भने सीसी रेसियो ७७.५६ प्रतिशत रहेको छ ।
Comment