१७ हजार मानिसलाई सवारी चलाउन आजीवन प्रतिबन्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

१७ हजार मानिसलाई सवारी चलाउन आजीवन प्रतिबन्ध



एजेन्सी / चीनले १७ हजार मानिसलाई सवारी चलाउन आजीवन प्रतिबन्ध लगाएको छ । यो तथ्याङ्क २०१८ को मात्र हो । मादक पदार्थ सेवन गरेर सवारी चलाउने र हिट एण्ड रन जस्ता गम्भीर नियम उल्लंघन गरेको आरोपमा १७ हजार २ सय ६४ जनालाई सवारी चलाउन आजीवन प्रतिबन्ध लगाएको हो ।

चीनको जन सुरक्षा मन्त्रालयका अनुसार १७ हजारमध्ये ५ हजार १ सय ४९ जनालाई मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा भएको गम्भीर दुर्घटनाको आधारमा आपराधिक मुद्धा दर्ता गरिएको छ । १२ हजार १ सय १५ जनालाई भने हिड एण्ड रन अन्र्तगत मुद्धा चलाईएको चीनको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रकाशित : १७ माघ २०७५, बिहीबार ०९:०५