सिक्लेस हाइड्रो पावरले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण सेयर बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सिक्लेस हाइड्रो पावरले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण सेयर बिक्री गर्ने



काठमाडौं । सिक्लेस हाइड्रो पावर कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ ।

सो कम्पीले कास्की जिल्लामा १३ मेगावाट क्षमताको मदक्यू खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणलाई सेयर विक्री प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

कम्पनलिे आयोजना प्रभावितलाई ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने तयारी गरेको छ ।

प्रकाशित : १० माघ २०७५, बिहीबार १४:५१