काठमाडौं । पर्याप्त सम्भावना भएपनि उत्पादन हुन नसक्दा चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा ४२ लाख ८९ हजार ७३८ केजी तयारी मासु तथा माछा आयात भएको छ ।
भन्सार विभागले प्रस्तुत् गरेको चालू आर्थिक वर्षको आयात विवरणमा पाँच महिनामा करिब रु ८५ करोड ५६ लाख दुई हजार मूल्य बराबरको हाडरहित मासु, माछा, घुंगी आयात भएको उल्लेख छ ।
भारत, फ्रान्स, इटली, नेदरल्यान्ड्स, थाइल्यान्ड, चीन, अष्ट्रेलिया, नर्वे, भियतनाम, बंगलादेश, सिंगापुर, जापान गरी १२ देशबाट अष्ट्रिच, टर्की, हाँस, बंगुर, भेडा, कुखुरा, विभिन्न थरीका माछा तथा समुद्रमा पाइने विभिन्न जीवका तयारी मासु आयात भएको हो ।
आयातित वस्तु यहाँ उत्पादन गर्न सकिन्छ । यद्यपि, आयात गरिएको छ ।
आयात गरिएको घुंगी ९शंखेकिरा० सिमसार, घोल, जमेको पानी र दवदवे जमिनमा पाइन्छ । पछिल्लोपटक सीमसार क्षेत्रमा अतिक्रमण बढेको छ ।
आगोमा सेकाएको, सग्लो तर मरेको, (हिउँ)ले ढाकिएको र जिउँदो माछा आयात भएको हो । जिउँदोबाहेक अन्य आयातित वस्तु नेपालका तारे होटेलमा खपत हुने गरेको छ ।
भन्सार विभागको तथ्यांकले नेपालमा निर्यातभन्दा आयातको अंश २३ प्रतिशतले बढेको उल्लेख छ । ११.२ प्रतिशत निर्यात हुँदा ३४.०२ प्रतिशतले आयात बढेको छ ।
चालू आर्थिक वर्षको पाँच महिनामा कुल आयात रु ६ खर्ब ७ अर्ब छ भने निर्यात रु ३७ अर्ब ५० करोडमा सीमित हुन पुगेको छ ।
Comment