कास्कूनमा दिपक पनेरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कास्कूनमा दिपक पनेरु



काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण संघ (कास्कून) मा दिपक पनेरुको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । संघको हिजो सम्पन्न पन्ध्रौं वार्षिक साधारण सभाले सर्वसम्मतिले आगामी चार वर्षका लागि लागि संचालक समिति र लेखा समिति निर्वाचित गरेको हो । सभाबाट संघको उपाध्यक्षमा नवराज अर्याल, सचिवमा शालिकराम पुडासैनी र कोषाध्यक्षमा निरञ्जन सेढाई निर्वाचित भएका छन ।

 

यसैगरी समितिमा अनिता अधिकारी, सीमा पुरी, राजकुमार खड्का, ईश्वर सुनार, तारा सापकोटा, विरेन्द्र भण्डारी, प्रेमनारायण चौलागाई, लेमन श्रेष्ठ, पुरुषोतम नेपाल, विनिता अधिकारी र रिता श्रेष्ठले सदस्यको जिम्मेवारी प्राप्त गरे ।

सभाले लेखा सुपरीवेक्षण समितिको संयोजकमा सुवास चन्द्र घिमिरेलाई निर्वाचित गरेको छ । तीन सदस्यीय लेखा समितिको सदस्यमा गोमा सुवेदी ढुंगाना र श्रीराम केसी रहेका छन ।

प्रकाशित : २९ पुष २०७५, आईतवार १५:३६