काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले केही समयमै वैदेशिक रोजगारी खोज्ने दिन अन्त्य हुने दावी गरेका छन् ।
शनिबार प्रेस संगठन नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले रोजगारीका लागि काम र जनशक्ति जोड्ने गरी सरकारले प्रणालीको विकास गर्न लागेको बताए ।
मन्त्री विष्टले युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन हुने अवस्था निरुत्साहित गर्ने गरि काम भइरहको भन्दै धेरै युवाले छिटै रोजगारी पाउने दावीसमेत गरे ।
अबको ५ वर्षभित्रै वैदेशिक रोजगारमा जाने बाध्यकारी अवस्था अन्त्य गर्ने सरकारको महात्कांक्षी योजना रहेको उनले बताए ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत देशैभर कृषि क्षेत्रमै बीस लाख रोजगारी सिर्जना गरिने उनको भनाइ छ ।
मन्त्री विष्टले देशलाई छिट्टै खाद्यान्नमा आत्मनिर्भर हुने गरि कृषि क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्न लागेको दावी पनि गरे ।
Comment