काठमाडाै । पर्यटन तथा उड्डयान मन्त्री रविन्द्र अधिकारीले वाइड वडी जहाज खरीदमा अाफ्नो कुनै भूमिका नरहेको बताएका छन । अाज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले बिमान खरीद प्रकृयामा आफू संलग्न नरहे पनि वहालवाल मन्त्रीको हैसियतले जिम्मेवारी लिने बताए ।
लेखा समिति अन्तर्गतको उपसमितिमा मन्त्री अधिकारीलाई पनि कारबाही सिफारिस गरेको थियो । महालेखा परीक्षकको कार्यालयले विमान खरिदमा प्रश्न उठाइसकेपछि अन्तिम किस्ता भुक्तानी दिएको, संसदीय समितिमा ढाँटेको लगायतका कारण विमान खरिदमा भएको अमियमिततामा संलग्नता रहेको उपसमितिको दाबी छ । मन्त्री अधिकारीले आफू आउनुअघि नै भुक्तानी तालिका स्वीकृत भइसकेको र अदालतबाट पनि बिमान खरीद प्रकृया सम्बत भएको फैसला आएको बताएका छन्।
‘यसमा अनियमितिता, त्रुटी एवं बदनियत भएको भए कानुन बमोजिम छानबिनन गर्ने निकायले सत्यतथ्य वाहिर ल्याउनु पर्छ। दोषी उम्कनु हुँदैन।’ मन्त्री अधिकारीले भने ।
Comment