राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा उप्रेतीले बाजी मारे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा उप्रेतीले बाजी मारे



काठमाडाै । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा केबी उप्रेती निर्वाचित भएका छन् । उप्रेतीले आफ्ना प्रतिष्पर्धी रमेश घिमिरेलाई भारी मतले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

उप्रेतीले तीन हजार चार सय १५ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिष्पर्धी घिमिरेले दुई सय ३७ मत ल्याएका छन् । त्यस्तै कर्णाली प्रदेश सञ्चालकमा भएको निर्वाचनमा हरिहरनाथ योगी निर्वाचित भएका छन् । उनले तीन हजार दुई सय ४९ मत ल्याई विजयी भएका हुन् भने उनका प्रतिष्पर्धी भीमकुमार भण्डारीले पाँच सय १० मत ल्याएका छन् ।

चार जनाका लागि भएको खुलातर्फको निर्वाचनमा केदार मानन्धर, ध्रुवनारायण यादव, रामहरि बजगाई र माधवलाल देवकोटा निर्वाचित भएका छन् । मानन्धरले तीन हजार चार सय १३, यादवले तीन हजार एक सय ४३, बजगाईले तीन हजार तीन सय ८२ र देवकोटाले तीन हजार ९८ मत ल्याई विजयी भएका छन् ।

बैंकका २२ पदमध्ये अन्य पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचन समितिका अनुसार प्रदेश १ बाट महेन्द्र गिरी, प्रदेश २ बाट विश्वनाथ मण्डल, प्रदेश ३ सञ्चालकमा ज्ञानबहादुर तामाङ, गण्डकी प्रदेशबाट रामबहादुर जिसी, प्रदेश ५ बाट विजया धिताल, सुदूरपश्चिमबाट शिवा थापा निर्वाचित भएका छन् ।

महिला सञ्चालकतर्फ सरिता तिम्सिना भट्टराई, पार्वती थापा मगर, अमृता सुब्बा निर्वाचित भएका छन् । बैंकको लेखा संयोजकमा लक्ष्मीप्रसाद उप्रेती, लेखा सदस्यमा तारा गुरुङ र शिवराज दवाडी निर्वाचित भएका छन् ।

प्रकाशित : २२ पुष २०७५, आईतवार १९:१५