पाँचथर पावर कम्पनीको अाइपीअो निश्कासन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

पाँचथर पावर कम्पनीको अाइपीअो निश्कासन



काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि ९ लाख ६२ हजार ५ सय कित्ता शेयरको आईपीओ निष्कासन गरेको छ ।

आयोजना प्रभावित क्षेत्र पाँचथर जिल्लाको तत्कालिन भारपा, याङनाम र नागीन गाविसका तथा हालको फिदिम नगरपालिका, हिलिहाङ र फालेजुङ गाउपालिकाकाका बासिन्दाहरुको लागि शेयर निष्कासन गरेको छ ।

यसको शेयरका लागि न्युनतम १० कित्ता देखि अधिकमत ९ हजार ६२० कित्तासम्म आवेदन दिन पाइने छ । प्रति शेयर एक सय रुपैयाँ अंकित यसको शेयर आवदेन यही पुस ३० गतेदेखि छिटोमा माघ १४ भित्र र ढिलोमा माघ २९ गतेभित्र आवेदन दिनुपर्ने छ ।

यो कम्पनी आईपीओ निष्कासनका लागि केयर रेटिङ नेपाल लिमिटेडबाट केयर एनपि आइपिओ ग्रेड ४ प्रमाणपत्र प्राप्त संस्था हो । यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटल लिमिटेड हो ।

प्रकाशित : २२ पुष २०७५, आईतवार ०९:३०