चिलिमे जलविद्युतको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने अाज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

चिलिमे जलविद्युतको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने अाज अन्तिम दिन



काठमाडाै । चिलिमे जलविद्युत कम्पनीको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश र साधारण सभा प्रयोजनको लागि पुस १९ गते देखि बुक क्लोज गर्ने भएकाले बुधबारसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

कम्पनीको शेयर पुस १७ गते मंगलबार नेपाल स्टक एक्सचेञ्जमा प्रतिकित्ता ६८५ रुपैयाँमा कारोबार भएको छ ।

चिलिमेले लाभांश पारित गर्न पुस २७ गते शुक्रबार आर्मी अफिसर्स क्लब, काठमाडौंमा बिहान १० बजे २२ औं साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २६ गते सबैको सञ्चालक समितिको ३५१ औं बैठकले सभा बोलाएको हो ।

प्रकाशित : १८ पुष २०७५, बुधबार १०:१६