महमा थोरै मात्रामा नरिवल वा जैतुनको तेल, गुलाफ जल र थोरै मैन मिसाएर लगाएमा ओठ फुटेको निको हुन्छ । साथसाथै ओठ फुट्नबाछ पनि जोगाउँछ । सुक्खा छालामा दूध र सुन्तलाको रससँग मह मिसाएर सुक्खा वा फुटेको छालामा लगाउन म्वाइस्चराइजर बनाउन सकिन्छ ।
यसको प्रयोगले छालामा भएका पानी सोस्ने ब्याक्टेरिया हटाएर छालाको सुक्खापन कम हुन्छ । त्यसरी प्रयोग भएको दूधले छालामा मरेका कोषको पुर्नर्निमाण गर्छ । सुन्तलाको छालामा भएको भिटामिन सीले छालालाई नरम बनाउँछ । हल्का तताएको एक कप महमा दुई चम्चा शुद्ध दूध र सानो सुन्तलाको जुस मिसाएर त्यस्तो म्वाइस्चराइजर बनाउन सकिन्छ । प्रत्येक दिन दुईपल्ट ४५/४५ मिनेट त्यो म्वाइस्चराइजर प्रयोग गरेर तातो पानीले पखाल्नुपर्छ ।
घाँटी दुखेमा
तातो दूध वा चियासँग मिसाएर मह खाने गरेमा घाँटी दुखेको निको हुन्छ । त्यस्तै अदुवालाई स–साना टुक्रामा काटेर महमा भिजाई चुस्ने गर्दा पनि घाँटी दुखेको निको हुन्छ ।
चिसोबाट जोगिन
हरेक विहान तातोपानीमा दुई चम्चा मह र कागती मिसाएर खाँदा शरीर स्वस्थ हुन्छ । यसले चिसोबाट जोगाउँछ । नियमित प्रयोगले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ जसले रुघाखोकी लाग्न दिदैन ।HD News बाट
Comment