जाडोमा चिसाेबाट कसरी जाेगिने ? केही टिप्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

जाडोमा चिसाेबाट कसरी जाेगिने ? केही टिप्स



मर्निङ वाकमा जाँदा चिसो लाग्ने सम्भावना बढी हुन्छ । त्यसैले मर्निङ वाकमा जाँदा न्यानो पहिरन तथा टोपी लगाउनुपर्ने हुन्छ । कसैलाई चिसोले चाँडो असर गर्ने हुन्छ ।

त्यस्ता व्यक्तिलाई चिसो माैसममा मर्निङ वाक गर्नु उपयुक्त नहुन सक्छ । त्यस्ता व्यक्तिले घरैमा बसेर पनि व्यायाम गर्न सक्छन् । जाडो मौसममा सुप, तरकारी, फलफूल जस्ता खानालाई सकेसम्म नियमित गर्नुपर्छ ।

सागसब्जी, चुकन्दर, अदुवा, लसुन जस्ता खानेकुराले शरीरलाई ऊर्जा मिल्छ । तरकारी र गेडागुडीको झोल जाडो मौसममा बढी खाने गर्नुपर्छ । तातो पानी पर्याप्त पिउनुपर्छ ।

साथै, ग्रिन टी पिउँदा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । ओछ्यानमै बसेर हात–खुट्टा तन्काउने, जिउ तन्काउनेजस्ता क्रिया पनि गर्न सकिन्छ । कतिपयले साँझ पनि व्यायाम गर्ने गर्छन् । तर, व्यायामका लागि बिहानको समय नै उपयुक्त हुन्छ ।

यद्यपि, खाना खाएको एक घण्टापछि वा अघि पनि व्यायाम गर्न सकिन्छ । व्यायामका लागि सन्तुलित खाना, राम्रो निन्द्रा र पर्याप्त आराम आवश्यक हुन्छ ।एजेन्सीको सहयोगमा

प्रकाशित : १० पुष २०७५, मंगलवार १८:३०