काठमाडौं । चीनको विश्वप्रसिद्ध कम्पनी किनबोनबाट उत्पादित सामानहरुको नेपालको लागि आधिकारिक विक्रेता गोर्खा इको प्यानल भएको छ । गोर्खा इको प्यानलको भगिनी संस्था गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिले त्यसको आधिकारिक विक्रेताका लागि सम्झौता गरेको छ । यसको लागि गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं गोर्खा विण्डोरका सञ्चालक ईन्जिनियर कृष्णभक्त दुवाल र किनबोनका प्रबन्धक मेलिसा दोङ ले चीनमै संयुक्त हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर कार्यक्रममा प्रबन्धक दोङले आफना उत्पादनमा १० वर्ष वारेन्टी रहेको बताइन् । साथसाथै कलर नखुइलिने पनि उनले जनाइन् । १४ वर्ग किलोमिटर क्षेत्रफलमा सन् १९९९ मा स्थापित किनबोन चीनकै सवैभन्दा ठूलो यूपीभीसीको उत्पादनकर्ता कम्पनी हो । भारतका मुख्य सहरहरु दिल्ली, चेनाई, हैदराबादमा पनि आउटलेट राखेको किनबोनले नेपाली बजारमा पनि आफनो यूपीभीसी प्रबद्र्धन गर्न गोर्खा विण्डोरलाई आधिकारिक विक्रेता दिएको उनले जनाइन् ।
किनबोन युपीभीसी झ्यालढोका उत्पादन गर्ने संसारकै प्रख्यात कम्पनी हो । किनबोनबाट उत्पादित सामानहरु संसारका २० भन्दा वढी देशहरुमा निर्यात भइरहेका छन् । अमेरिका, भारतलगायतका देशहरुमा उसका सामानहरु विक्रीवितरण भइरहेका छन् । चीनमा मात्रै ९० प्रतिशत भन्दा वढी बजार किनबोनका सामानहरुको रहेको बताइएको छ । आफूहरुले आफनो उत्पादनको गुणस्तरमा कहिले पनि सम्झौता नगरेको र सोही कारणले अमेरिकालगायतका मुलुकहरुमा पनि यूपीभीसी निर्यात भएको उनले बताइन् ।
गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालि पनि काठको विकल्पको रुपमा रहेको युपीभीसी झ्यालढोकाको उत्पादन गर्ने नेपाली कम्पनी हो । मुख्य कार्यालय चाँंगुरोड भक्तपुरमा रहेको यस कम्पनीले विण्डोरका साथै प्रिकाष्ट (कारखानामा पहिला नै तयार पारिएको ढलानका स्लायाब) उत्पादन गर्दै आएको छ । गोर्खा विण्डोरले किनबोनका यूपीभीसी सामानहरु आफूले बनाउने झयालढोकामा प्रयोग गर्नुका साथै अरु कम्पनीहरुलाई पनि बेच्न यो आधिकारिक विक्रेता लिएको जनाएको छ ।
गोर्खा विण्डोरका सञ्चालक इन्जिनियरि कृष्णभक्त दुवालले आफूहरुले विगत दुई वर्षदेखि विभिन्न देशका विभिन्न ब्राण्डका यूपीभीसीहरु आयात गरी झयालढोका बनाउँंदै आएको र किनबोनको सामान उत्कृष्ट रहेकाले यसपाली नेपालमा प्रबद्र्धन गर्न आधिकारिक विक्रेता लिएको जनाए ।
Comment