गण्डकी विकास बैंकको साधारण सभा पुस ११मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गण्डकी विकास बैंकको साधारण सभा पुस ११मा



काठमाडौं। गण्डकी विकास बैंक लिमिटेडकोे वार्षिक साधारण सभाका लागि बुक क्लोज पुस ११ गतेदेखि बन्द गर्ने भएको छ ।

कम्पनीले पुस ३ गते बसेको संचालक समितिको बैठकबाट ११ औं वार्षिक साधारण सभा पुस २६ गते बिहिबार, बिहान ९ बजे माउण्ट कैलाश रिसोर्ट लेकसाईड,पोखरामा गर्ने निर्णय भएको हो । जसका लागि बुक क्लोज पुस ११ गतेदेखि पुस २६ गतेसम्म बन्द रहनेछ ।

कम्पनीले सभामा चुक्ता पुँजीको १४ दशमलव २० प्रतिशतका दरले हुने रकम ३९ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । सो लाभांशका लागि पुस १० गतेसम्म कायम शेयरधनीले मात्र प्राप्त गर्नेछ ।

प्रकाशित : ४ पुष २०७५, बुधबार २१:०५