ग्लोबल आइएमई बैंकको साधारण सभा पुस २७ गते हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्लोबल आइएमई बैंकको साधारण सभा पुस २७ गते हुने



काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको वार्षिक साधारण सभा पुस २७ गते हुने भएको छ । कम्पनीको पुस १ गते बसेको संचालक समितिको बैठकले १२ औं वार्षिक साधारण सभा पुस २७ गते बिहान १० बजे नक्साल व्याङ्क्वेट, नक्साल, काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
सभाले १७ प्रतिशत बोनस शेयर प्रस्ताव पारित गर्ने भएको छ । बैंकले अधिकृत पुँजी १० अर्बबाट वृद्धि गरी १६ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि साधारण सभामा पेश गर्दै छ । यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।

प्रकाशित : 18 December, 2018 12:42 pm