नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा पुस २९ गते हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा पुस २९ गते हुने



काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको वार्षिक साधारण सभा पुस २९ गते हुने  भएको छ ।बैँकको पुस २ गते बसेको संचालक समितिको बैठकले ३२ औं वार्षिक साधारण सभा पुस २९ गते बिहान १० बजे राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

सभामा २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत बोनस शेयर पारित गर्ने विशेष प्रस्ताव रहेको छ । साधारण सभा प्रयोजनको लागि दर्ता किताब पुस ११ गतेदेखि बन्द हुने भएको छ ।

प्रकाशित : 18 December, 2018 11:56 am