काठमाडौं । एनएमबि बैंकको वार्षिक साधारण सभा पुस २६ गते हुने भएको छ । साधारण सभामा बैंकले ३० प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव लैजाने भएको छ । बैंकले १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभाशं दिन लागेको हो ।
साधारण सभा पुस २६ गते बिहीबार आर्मी अफिसर्स क्लबमा भद्रकालीमा बिहान ११ बजेबाट सुरु हुने छ । साधारण सभाका लागि बैंकको दर्ता किताब पुस १०गते देखि पुस २६ गतेसम्म बन्द हुने छ ।
२ पुष २०७५, सोमबार १२:४५
Comment