सिद्धार्थ बैंकको साधारण सभा पुस २७ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ बैंकको साधारण सभा पुस २७ गते



काठमाडौं । सिद्धार्थ बैंकको वार्षिक साधारण सभा पुस २७ गते हुुने भएको छ । बैंकले ५ प्रतिशत बोनस सेयर र ८ दशमलव १६प्रतिशत नगद गरी कुल १३ दशमलव १६ प्रतिशत लाभांश दिने प्रस्ताव सभामा लादै छ ।

साधारण सभा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभाको लागि  पुस ९ गते दर्ता किताब बन्द हुने भएको छ ।

प्रकाशित : १ पुष २०७५, आईतवार १२:२४