कृषि विकास बैंकबाट साना किसानले लिएकाे ऋण सरकारले तिरिदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कृषि विकास बैंकबाट साना किसानले लिएकाे ऋण सरकारले तिरिदिने



काठमाडौँ । साना किसानहरुको ऋण मिनाहा हुने भएको छ ।

कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने सरकारले जनाएको छ ।

सोमबारको बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सञ्चारमन्त्रीगोकुल बास्कोटाले साना किसानहरुको ऋण सरकारले तिरिदिने जानकारी दिए ।

कृषि विकास बैंकमा यस्तो ऋण करीब २९ करोड रुपैयाँ र ब्याज एक अर्बभन्दा बढी पुगिसकेको बताइएको छ ।

प्रकाशित : २७ मंसिर २०७५, बिहीबार १६:४७