काठमाडौं ।कञ्चन डेभलपेन्ट बैंकको नवौँ बार्षिक साधारण सभा पुस २१ गते हुने भएकाे छ । बैँकले ११दशमलव २९ प्रतिशत लाभांश दिने भएकाे छ ।बैँकले ५ प्रतिशत बोनश शेयर र ६.२९ प्रतिशत नगद लाभांश दिने भएकाे छ । साधारण सभा पुस २१ गते शनिबार बिहान ११ः३० मा होटेल ओपेरा महेन्द्रनगर, कञ्चनपुरमा हुने भएको छ ।
साधारण सभा प्रयोजनका लागि बैंकले पुस १२ गते एक दिन दर्ता किताब बन्द हुने जनाएको छ ।
Comment